+
+

शंकास्पद वस्तु नभेटिएपछि त्रिभुवन विमानस्थलमा उडान सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २१ गते १३:१६

२१ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान–अवतरण सुरु भएको छ । बम रहेको हल्लाले बुधबार बिहान झण्डै एक घण्टासम्म विमानस्थलको आन्तरिक उडान–अवतरण बन्द भएको थियो ।

बुधबार बिहान अज्ञात व्यक्तिले बम रहेको भन्दै टेलिफोन आएपछि अधिकारीहरुले विमानस्थल बन्द गरेर सर्च अपरेसन चलाएका थिए ।

तर शंकास्पद वस्तु नभेटिएपछि विमानस्थलको आन्तरिक उडान-अवतरण सुरु भएको प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

सर्च अपरेसनको क्रममा कुनै पनि शंकास्पद वस्तु नभेटिएकोले आन्तरिक उडान-अवतरण सुरु भइसकेको उनले बताए ।  सर्च अपरेसनको क्रममा यात्रुहरुलाई आन्तरिक टर्मिनलबाट बाहिर निकालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?