+
+

एनएमबि बैंक र योयो जिपलाइनबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २१ गते १६:१०

एनएमबि बैंकले योयो जिपलाईन प्रालिसँग आन्तरिक पर्यटनमा सहकार्य गर्ने उद्देश्यले स्काइ साइक्लिङ्ग, जिपलाइन, स्विङ्ग, केनोपि र रेष्टुरेन्ट एण्ड कफि सपको सेवामा छुट प्रदान हुने गरी सम्झौता गरेको छ ।

बैंकका ग्राहकहरुले उक्त सेवाहरुको भिजा कार्डमार्फत भुक्तानी गर्दा बिदाको दिन बाहेकको दिनमा १२ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख रोशन रेग्मी र यो योको तर्फबाट अध्यक्ष रामशरण तिमिल्सिनाले हस्ताक्षर गरेका हुन् ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता छुट, सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धी थप जानकारी एनएमबि बैंकको वेवसाईट www.nmb.com.np को एनएमबी भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?