+
+

निर्वाचन सुरक्षा गोष्ठीमा सहभागी हुन गृहमन्त्री खाँण राजविराजमा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते ८:४५

२२ वैशाख, राजविराज । गृहमन्त्री बालकृष्ण खाँण निर्वाचनको सुरक्षा व्यवस्थाबारे जानकारी लिन आज बिहान सप्तरी आइपुगेका छन् ।

निर्वाचन सुरक्षाबारे आज बिहान ११ बजे राजविराजको आइगार्डेन होटलमा आयोजना हुने गोष्ठीमा मन्त्री खाँण सहभागी हुने सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

गोष्ठीमा सप्तरी, सिरहा र उदयपुरका प्रमुख जिल्ला अधिकारीहरुको सहभागिता रहने छ ।

विराटनगरबाट बिहानै सप्तरी आएका गृहमन्त्री खाँणले छिन्नमस्ता मन्दिरमा पूजाआजा गरेका थिए । त्यसपछि उनले स्थानीय कांग्रेसका उम्मेदवार र पार्टी कार्यकर्ताहरुसँग भेटघाट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?