+
+

रुकुम पश्चिमको त्रिवेणीमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते १०:४४

२२ वैशाख, रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडानम्बर ९ मा कांग्रेस र माओवादी केन्द्रका कार्यक्रताबीच  झडप भएको छ । कांग्रेस कार्यकर्ताले माओवादीका पोष्टर र झण्डा फालेपछि भएको विवादले झडप भएको हो ।

झडपका क्रममा कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार चढेको गाडीमा तोडफोड भएको छ । माओवादी कार्यकर्ताले आज बिहीबार बिहान उम्मेदवार अमरसिंह खड्का चढेको गाडि  तोडफोड गरेको प्रहरीले जनाएको छ ।

खड्काले प्रयोग गरेको रा१च १२६२ नम्बरको जिप तोडफोड भएको हो । दुई पक्षका कार्यकर्ताबीचको झडपको क्रममा गाडि तोडफोड भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायब उपरीक्षक बिष्णुप्रसाद सोतीले जानकारी दिए ।

उनका अनुसार थोरै जनशक्ति हुँदा भीड नियन्त्रण गर्न गाह्रो भएको छ ।

नेपाली कांग्रेसले माओवादीको आक्रमणबाट बच्न प्रहरी चौकीमा गएका आफ्ना कार्यकर्ता प्रहरीकैअघि कुटिएको आरोप लगाएको छ । बुधबारमात्रै तरुण दलका कार्यकर्ताहरूले वाईसीएल कार्यकर्ताको मोटरसाइकल रोकेर अभद्र व्यवहार गरेका थिए । त्यसै कारण दुई पार्टीका कार्यकर्ताबीच विवाद भएको हो ।

कांग्रेस कार्यकर्ताले वडा कार्यालय र माओवादीका स्थानीय नेता चुडामणि बस्नेत र डिलबहादुर विकको घरमा तोडफोड गरेको, केराका बोट काटिदिएको, घरबाट लत्ताकपडा फालिदिएको माओवादीको आरोप छ ।

कांग्रेस कार्यकर्ताले माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार जनक विक, स्थानीय नेता बस्नेत र अर्का एक व्यापारीको मोटरसाइकल तोडफोड गरिदिएका थिए । विवाद बढ्दै गएपछि दुवैपक्षकाबीच हात हालाहाल समेत भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?