
२२ वैशाख, काठमाडौं । सुनसरी भन्सार कार्यलयले भन्सार छली ल्याएको ९ लाख १० हजार मूल्यका सामानसहित एउटा गाडी नियन्त्रणमा लिएको छ ।
चिनी, कपडा, जुत्ता, पानिपुरी, पास्ता र प्रतिबन्धित रेडवुल लगाएतका सामानहरू ल्याउँदै गरेको को२च २७८० नम्बरको पिकअप गाडी कोशि गाउँपालिकास्थित फुलचोक विराटनगर सडकखण्डको ढलान रोडबाट नियन्त्रणमा लिएको भन्सार कार्यालयले जनाएको छ ।
भन्सार अधिकृत एवम् कार्यालय प्रमुख परशुराम दाहालको नेतृत्वमा गएको गस्ती टोलीले लौकही नाकाबाट सामान लोड गरिएको गाडी बुधबार नियन्त्रणमा लिएको हो ।
बुधबार नै मुद्दा दर्ता गरिएको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4