+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कैलाली पुगेर ओलीले गरे रेशम चौधरीको बचाउ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते १८:५९
फाइल तस्वीर

२२ वैशाख, धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टीकापुर घटनामा रेशम चौधरीको संलग्नता नरहेको भन्दै बचाउ गरेका छन् ।

बिहीबार कैलालीको बौनियामा भएको सभामा ओलीले टीकापुर घटनाका बेला रेशम चौधरी टीकापुरमै नभएको बताए ।

‘मलाई थाहा छ यहाँका थारु नेता जेलमै छन्, अनेकौं हजार मान्छे मरे, जेलमा हुनु परेन,’ ओलीले भने, ‘यहाँ हुँदै नभएको मान्छेलाई मुद्दा लगाएर, अर्को मान्छेलाई मुद्दा लगाएर, रेशम चौधरी त्यसबेला यहाँ थिएनन् । उनलाई मुद्दा लगाउनु पर्ने कुनै कारण थिएन ।’

७ भदौ २०७२ मा कैलालीको टीकापुरमा ७ प्रहरी र एक बालकको हत्या भएको थियो । सो घटनामा संलग्नताको आरोपमा जिल्ला र उच्च अदालतले दोषी ठहर गरेपछि सांसद रेशम चौधरी हाल जेलमा छन् ।

आफूले थारु समुदायको माग पूरा गर्ने प्रयास गरे पनि सरकार ढलेका कारण ती माग पूरा गर्न नसकेको ओलीले बताए । ‘थारु समुदायका नेताहरुसँग ६ बुँदे सम्झौता गरेर समस्या समाधान गरौंला भनेर प्रतिवद्धता जनाएको थिएँ, तर सरकार गयो,’ उनले भने, ‘अहिलेको सरकारले समस्या समाधानका लागि कुनै पहल गरेन, भोटको राजनीति गर्छ समस्या समाधान गर्दैन ।’

रेशम चौधरीको रिहाइको माग राख्दै थारु कल्याणकारी सभाले काठमाडौंको माइतीघरमा गरेको धर्नास्थलमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल पुगेको प्रसंग पनि ओलीले निकाले ।

‘हाम्रो गृहमन्त्री उहाँहरु अनसन बसेका ठाउँमा, धर्ना दिएको ठाउँमा आफैं गएर पलेटी कसेर बसेर माग पूरा गर्छु भन्नुभएको थियो,’ ओलीले भने, ‘तर सरकार गयो, तपाईंहरुलाई थाहा छँदै छ ।’

आगामी दिनमा यस्ता समस्या समाधान गर्दै देश विकास गर्नका लागि आफू कैलाली जस्तो बढी संवेदनशील जिल्लामा आएको ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?