+
+

जिम्बावे ‘ए’ टिमविरुद्ध नेपालले टस हारेर ब्याटिङ गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २३ गते ९:२४
फाइल तस्वीर

२३ वैशाख, काठमाडौं । जिम्बावे ‘ए’ टिम विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । जिम्बावे ‘ए’ ले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

तीन खेलको टी-२० शृंखलापछि यी दुई टोली एकदिवसीय खेल खेल्न लागेका हुन् । तीन खेलको टी-२० शृंखलामा दुवैले एक-एक खेल जित्दै शृंखला बराबरी गरेका थिए । एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।

एकदिवसीय खेलका लागि नेपाली टिममा केही परिवर्तन समेत गरिएको छ । कप्तान सन्दिप लामिछानेसँगै स्पीनरद्वय सागर ढकाल र सुशन भारी पहिलो रोजाइमा खेल्दैछन् । यस्तै फास्ट बलरमा सोमपाल कामी र करण केसी नै निरन्तर छन् । अलराउण्डरको रुपमा आदिल अन्सारी छन् ।

ओपनिङ आसिफ शेख र कुशल भुर्तेलले गर्नेछन् भने आरिफ शेख, दीपेन्द्र सिंह ऐरी र रोहित पौडेल मिडल अर्डरमा छन् । विनोद भण्डारी, देव खनाल, विक्रम सोब र किशोर महतो बेन्चमा छन् । सुनिल धमला भने टिम लिस्टमा पनि अटाएका छैनन् ।

आगामी महिना अमेरिकामा हुने आईसीसी क्रिकेट विश्वकप लिग टुको तयारी स्वरुप नेपालले जिम्बावेसँग एकदिवसीय शृंखला खेलिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?