+
+

बालबालिकालाई हिंड्न सिकाउन वाकरको प्रयोग कति उपयुक्त ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २३ गते १६:२५

बालबालिकालाई हिंड्न सिकाउन वाकरको प्रयोग गरिन्छ । बालबालिकाले बामे सर्दै गर्दा वा हिंड्न खोज्दा उनीहरु लड्छन् । यस्तोमा उनीहरुलाई सुरक्षित तरिकाले हिंड्न सिकाउन वाकरको प्रयोग गरिन्छ ।

वाकरको प्रयोगले बालबालिकाको शरीरको सन्तुलन कायम हुन्छ र उनीहरु हिंड्न बानी पर्छन्  । यसले उनीहरुलाई लड्नबाट समेत बचाउँछ ।

विशेषगरी आठदेखि १५ महिनासम्मका बालबालिकालाई वाकरमा राखिन्छ । वाकरको प्रयोगबाट बालबालिकाले हिंड्न मात्रै सिक्दैनन् । शरीरका अंगहरु समेत चलायमान हुने हुँदा मजबुत हुँदै जान्छन् ।

वाकरका फाइदा

-वाकर प्रयोग गर्ने बालबालिका सामान्यभन्दा बढी सक्रिय रहन्छन् । यसको प्रयोगबाट उनीहरु सहजै एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न सक्छन् । जसकारण उनीहरु आफूलाई सक्षम महसुस गर्छन् र उनीहरुमा नयाँ–नयाँ ठाउँ जान उत्सुकता जाग्छ ।

-वाकरले बालबालिकालाई निश्चित दायराभित्र राख्छ । बालबालिकालाई स्वतन्त्र रुपले हिंडाउन र लड्नबाट बचाउन वाकर उत्तम विकल्प हुन सक्छ ।

-कुनै कारण हिंड्न वा उभिन नसक्ने बालबालिकाका लागि वाकर उपयुक्त माध्यम हुनसक्छ । जसले शरीर चलायमान बनाई हिंड्न प्रेरित गर्छ ।

-साना बालबालिकाले हिंड्न सिकुन् भनेर वाकरको निर्माण गरिएको हो । यसको प्रयोगबाट बालबालिका आफैं स्वस्फूर्त रुपमा हिंड्न सक्छन् ।

वाकरका बेफाइदा

-वाकरमा बालबालिकाले घुँडामुनिको भाग मात्रै चलाउँछन् । जसको कारण उनीहरुको हड्डीमा समस्या आउन सक्छ ।

-वाकरको प्रयोग बढी गरेमा खुट्टाको झुकावभित्रतर्फ पर्न जान्छ । यसबाट बालबालिकाको खुट्टामा दबाब पर्न जान्छ ।

-वाकरको प्रयोगबाट हिंड्डुल गर्ने बालबालिकाको शारीरिक विकास स्वस्फूर्त रुपमा हिंड्न सिकेका बालबालिकाको भन्दा कम हुन्छ ।

-वाकर समथर ठाउँमा मात्रै गुड्ने हुँदा उकालो–ओरालोे भागमा जाँदा बालबालिका लड्न सक्छन् र चोटपटक लाग्न सक्छ ।

-वाकरको प्रयोग गर्दा खुट्टा धेरै चलाउन सकिंदैन । यस्तोमा खुट्टालाई धेरै चलायमान बनाउन नसक्दा बालबालिकालाई वाकर विना हिंड्न समस्या हुनसक्छ ।

बालबालिकाका लागि वाकर कति उपयुक्त ?

बालबालिकालाई छिटोछरितो हिंड्न सिकाउने हरेक अभिभावकको चाहना हुन्छ । यसै चाहनालाई मूर्त रुप दिन उनीहरु वाकर प्रयोग गर्छन् । वाकरका केही फाइदा भए पनि यसले समस्या पनि ल्याउने र दुर्घटना निम्त्याउन सक्ने चिकित्सकहरु बताउँछन् ।

वाकरको प्रयोगले बालबालिकाको प्राकृतिक विकासमा अवरोध ल्याउन सक्ने हुन्छ । जसले गर्दा स्वस्फूर्त रुपमा हिंड्ने प्रक्रिया ढिलो हुनसक्छ । वाकरले एक ठाउँबाट अर्को ठाउँमा पुग्न सहज हुने भए पनि यसले उनीहरु तातो–चिसो वा दुर्घटना हुने स्थानसम्म पुग्न सक्छन् । जसले बालबालिकालाई मात्रै नभई अभिभावकलाई समेत नोक्सान पुर्‍याउँछ ।

वाकरको प्रयोग गर्दा बालबालिकाको आसपास कोही न कोही अभिभावक हुनुपर्छ । कारण उनीहरुलाई कुनै दुर्घटनाबाट बचाउन सकियोस् । वाकरका फाइदा बेफाइदा दुवै भए पनि अहिले वाकरको प्रयोग बढ्दो छ । तर यसको प्रयोग गर्दा अभिभावकले सतर्कता अपनाउनुपर्छ ।

ओन्ली माइ हेल्थबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?