+
+

रुपन्देहीमा गृहमन्त्री खाँण निजी गाडीमा सवार

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २४ गते ९:१६

२४ वैशाख, भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले गृह जिल्ला रुपन्देहीमा निजी सवारी साधन प्रयोग गरेका छन् । निर्वाचनमा राज्यसत्ताको दुरुपयोग भइरहेकाबेला उनले गृहजिल्ला पुगेका बेला निजी गाडी चढेका हुन् ।

शुक्रबार निर्वाचनको तयारी र शान्ति सुरक्षाको अवस्था बुझ्न गृह जिल्ला रुपन्देही पुगेका गृहमन्त्री खाँणले निजी सवारी साधन प्रयोग गरेका थिए ।

उनले बा११च ९४९४ नम्बरको निजी सवारी साधन प्रयोग गरेको स्वकीय सचिव बिजेश न्यौपानेले जानकारी दिए ।

प्रधानमन्त्री, संघीय सरकार र प्रदेशका मन्त्रीहरू र स्थानीय तहका जनप्रतिनिधिहरूले भने सरकारी सवारी साधनकै प्रयोग गरेर चुनाव प्रचार गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?