+
+

सत्ता गठबन्धनको जनकपुरको सभा विमलेन्द्र निधिले बहिष्कार गर्ने  

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २४ गते ११:१०

२४ वैशाख, काठमाडौं ।  सत्तारुढ दलहरूको चुनावी गठबन्धनले आज मधेश प्रदेशको जनकपुरमा आयोजना गर्ने  आम सभा कांग्रेस नेता विमलेन्द्र निधिले बहिष्कार गर्ने भएका छन् ।

गठबन्धनको सभामा केन्द्रीय वक्ताको रुपमा आफ्नो नाम नराखिएको नेता निधिले भने आफू सहभागी नहुने बताएका हुन् । धनुषा निधिको आफ्नै गृहजिल्ला हो ।

जनकपुरमा हुने कार्यक्रम छोडेर नेता निधि धरानको चुनावी  सभामा सहभागी हुन लागेका छन् ।

पार्टीको केन्द्रीय वक्ताको रूपमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, सहमहामन्त्रीद्वय भिष्मराज आङदेम्बे र महेन्द्र यादवको नाम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?