+
+

नेकपा एकीकृत समाजवादीबाट नेकपा एमालेमा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २५ गते १५:०१

२५ वैशाख, जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

पार्टी नेता रामचन्द्र झाले तानाशाही प्रवृत्ति देखाएको भन्दै नेकपा एमालेमा प्रवेश गरेको उनीहरुले बताएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला कमिटी सदस्य कपिलदेव बनरैत, जेबिन्दर यादव, श्यामसुन्दर यादव, रामनारायण यादव, जगदीश मुखियासहितका नेता÷कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

कपिलदेवका अनुसार झण्डै डेढ सय जना नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई एमालेका प्रदेश सदस्य सुकदेव यादव, एमाले मेयरका उम्मेदबार दीपेन्द्र यादवसहितकाले स्वागत गरेका छन् ।

एमाले प्रवेश गरेका कपिलदेवले नेता रामचन्द्र झाले पार्टीमा मनोमानी गर्दै तानाशाही प्रवृत्ति देखाएकाले एमालेमा प्रवेश गरेको बताए ।

यसअघि धनुषाकै सबैला नगरपालिकामा नेकपा एकीकृत समाजवादीबाट मेयर पदमा उम्मेदबारी दिएका राजु गुप्ता नेकपा एमालेमा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?