+
+

म्याग्दी रुमको ढुङ्गाखानीलाई बैधानिक बनाउने उम्मदेवारहरुको प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २५ गते १८:३०

म्याग्दी, २५ वैशाख । मालिका गाउँपालिकाका उम्मेदवारहरुले कानुन अभावले व्यावसायिक बन्न नसकेकोरुमको ढुङ्गाखानी बैधानिक बनाउने प्रतिबद्धता जनाएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट गाउँपालिका प्रमुख पदका उम्मेद्वारहरुले पाँच वर्षभित्रको कार्यकालमा ढुङ्गाखानीलाई समन्वय गरेर बैधानिक बनाउने प्रतिबद्धता जनाएका हुन् ।

मालिका गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिले पाचँ वर्षभित्रको समयमा ढुङ्गाखानीलाई व्यावसायिक बनाउने कानुन निर्माण गर्न सकेनन् । मालिकाको अध्यक्षमा दोहोरिने आकांक्षा राखेका नेपाली कांग्रेसका श्रीप्रसाद रोकाले खानी सञ्चालन गर्ने अधिकार संघीय सरकारलाई मात्र भएको कारण स्लेट खानीलाई व्यावसायिक बनाउन नसकेको बताए ।

रोकासंगै र एमालेबाट उम्मेदवार बनेका बेग गर्वुजा र माओवादी केन्द्रबाट उम्मेदवार बनेका रेशम जुग्जाली लगायत उम्मेदवारले सार्वजनिक गरेको घोषणपत्रमा परम्परागत शैलीमा सञ्चालित ढुङ्गाखानीलाई बैधानिक बनाउने प्रतिबद्धता जनाएका हुन् ।

उम्मेदवारले वैधानिक बनाउने प्रतिबद्धता जनाए पनि कानुनको अभावले स्लेट खानीलाई स्थानीयबासिन्दाले व्यावसायिक रुपमा काम गर्न सकेका छैनन् ।

तामा र स्लेट खानीलाई व्यवस्थित गरेर सञ्चालन गर्न नसक्दा अन्य कामको खोजीमा बाहिर जानुपर्ने बाध्यता रहेको बताउँछन् घाङ्लेपानीका तिलमान पुन । ‘गाउँमै भएको स्लेटखानी व्यावसायिक नबन्दा र सञ्चालनमा कानुन नहुँदा, केही महिना परम्परागत शैलीबाट ढुङ्गाखानीमा काम ग¥यो, त्यसपछि फेरि कामको खोजीमा जानुपर्ने बाध्यता छ’, उनले भने ।

कानुन बनाएर बैधानिक बनाउने प्रतिबद्धता देखाएर भोट मागे पनि यसलाई सञ्चालन गर्ने कानुन बनाउन नेतृत्वमा पुगेर भुल्ने गरेको स्थानीयको गुनासो छ । परम्परागत शैलीमा सञ्चालन भएका खानीहरुमा काम गर्दा वनका रेञ्जरहरुबाट हुने कारबाहीबाट सजग हुनुपर्ने समस्या उनीहरुलाई छ । ढुङ्गाखानीलाई वैधानिक रुपमा सञ्चालन हुन सकेमा स्थानीय युवालाई रोजगार, गाउँको शिक्षा, स्वास्थ्य, खेलकुदलगायतको पुर्वाधार निर्माणमा सहयोग पुग्ने रुमका युवा शिशिर पुनले बताए । उनले भने, ‘स्थानीयले उपयोग गर्नका लागि केही समय खानी सञ्चालन हुन्छ ।’

यसलाई व्यवस्थित र वैध हिसाबले सञ्चालन गर्न जति सक्दो छिटो खानी सम्बन्धी नयाँ कानुन बनाउनु पर्ने आवाज रुमका जनताले उठाए पनि बैधानिक रुपमा सञ्चालन हुने वातावरण बनेको छैन् । तर, संघ, प्रदेश र स्थानीय तहका उम्मेदवारहरुले रुमका मतदातासँग ढुङ्गाखानीलाई बैधानिक बनाउने प्रतिबद्धता जनाउदै मत भने सधैं लिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?