+
+

राँगाले हानेर बुवाको मृत्यु, छोरी घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २५ गते २०:३७
घटनास्थल ।

२५ वैशाख, लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका वडा नं. ४ कुम्रुकमा राँगाले हानेर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

आइतबार विहान ६ बजेको समयमा राँगाले हानेर ४४ वर्षीय खुमबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक सूचना अधिकारी जगदिश रेग्मीले बताए । उनको छोरी २० वर्षकी रबिना भने घाइते भएकी छिन् ।

आफैंले पाल्दै आएको राँगालाई बाँध्ने भन्दै गोठ नजिँदै जाँदा राँगाले नेपालीलाई हानेको थियो ।

घाइते नेपालीलाई उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याइएकोमा उपचार हुन नसकी थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर रिफर गरिएको थियो ।

बाटोमा अवस्था गम्भीर भएपछि सुन्दरबजार नगरपालिका ९ सिउँडीबारस्थित भोटेओडार अस्पतालमा लैजाँदा डाक्टरले मृत घोषणा गरेका थिए । मान्छे हान्दै हिँडेपछि राँगालाई प्रहरीले गोली हानेर मारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?