+
+

लाम्चोभन्दा चौडा अनुहार भएका व्यक्ति बढी आक्रामक !

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते १३:५०

सामान्यतया मानिसको अनुहार हेरेर स्वभाव थाहा हुन्छ भनिन्छ । तर के साँच्चिकै अनुहार आकार हेरे मान्छेको स्वभावबारे थाहा पाउन सकिन्छ त ?

यो आम भनाइलाई अस्ट्रेलियाको युनिभर्सिटी अफ न्यु साउथ वेल्सका शोधकर्ताले अनुसन्धान गरेका छन् । उनीहरुको अनुसन्धान अनुसार अनुहारको आकार लाम्चो भएका महिलाको तुलनामा चौडा आकार भएका महिलाहरु बढी आक्रामक हुन्छन् ।

पासपोर्टका माध्यमबाट अनुसन्धान

अनुसन्धानका क्रममा ६ देखि ९३ वर्षसम्मका १७ हजार बढी महिला पुरुषको पासपोर्टमा भएको फोटोबाट उनीहरुको अनुहारको लम्बाइ र चौडाइको अनुपात निकालिएको थियो । उनीहरुबाट आक्रामकताको आधारमा प्रतिक्रिया लिइएको थियो ।

प्रतिक्रिया लिएकामध्ये चौडा अनुहार भएकाहरुको व्यवहार आक्रामक रहेको पाइयो । लामो अनुहार भएकाहरु अनुसन्धानमा कम आक्रामक भएको पत्ता लाग्यो ।

२७ देखि ४० वर्षका पुरुषको अनुहारको चौडाइ र लम्बाइको तुलनामा अधिक हुन्छ भने ठीक विपरीत ४० वर्षभन्दा माथिका महिलामा यो अनुपात बढी देखिन्छ । शोधकर्ताले युवा पुरुषको चौडा अनुहारलाई बढी आक्रामक मान्नुको पछाडि शारीरिक मजबुतीको कारण रहेको बताएको छ ।

बढी ‘फेसियल विड्थ टु हाइट’ (एफडब्ल्युएचआर) अनुपातलाई अनुहारको चौडाइलाई लम्बाइले भाग गरेर निकालिन्छ । अनुहारको लम्बाइलाई माथिल्लो ओठबाट आँखाको माथिल्लो बिन्दुसम्म नापेर निकालिन्छ । बढी उमेरका चौडा अनुहार भएका महिलाहरु बढी उग्र र आक्रामक हुने अनुसन्धानले देखाएको छ ।

अध्ययनले बढी ‘फेसियल विड्थ टु हाइट’ भएकाहरु घरेलु हिंसामा लिप्त हुने आशंका बढी रहने देखाएको छ । यस्ता मुखाकृतिलाई पुरुषत्वसँग जोडेर हेरिन्छ ।

दैनिक भास्करबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?