+
+

कर्माचार्यको चुनावी प्रतिवद्धता– काठमाडौंभरी फ्री वाईफाई, फ्री एम्बुलेन्स

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते १५:०१

२६ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरमा स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीबाट प्रेमसागर कर्माचार्यले उम्मदवारी दिएका छन् ।

पत्रकार सम्मेलन गरेर रक्तदाता समाजका केन्द्रिय अध्यक्षसमेत रहेका कर्माचार्यले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि मेयरमा उम्मेदवारी दिएको जानकारी गराएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै कर्माचार्यले आफ्नो पार्टीले राईट टु रिजेक्ट र राईट टु रिकलको अवधारणा आत्मसाथ गरेको बताए । उनले अन्य राजनीतिक पार्टीले घोषणापत्र जारी गरेपनि इमानदारको साथ आफुले समाधान पत्र जारी गरेको स्पष्ट पारे ।

उनले समाधान पत्रमा भएको ३२ बुंदा अनुसार काम नगरे आफुलाई जुनसुकै समयमा कारबाही गर्न नगरवासीसँग आग्रह गरे । उनले आफ्नो प्रतिस्पर्धा कुनै दलका नेतासँग नभई महानगरवासीसँग भएको सुनाए । नगरवासीको हातमा नेतृत्व छान्ने अधिकार रहेको उनको भनाई थियो ।

१६९ पटक रक्तदान गरेका कर्माचार्यले हाल लिइरहेको बहाल करमा ५० प्रतिशत सम्म छुट गर्ने, उपत्यकाभित्र सम्पुर्ण सार्वजनिक स्थलमका निःशुल्क वाईफाईको ब्यवस्था मिलाउने प्रतिवद्धता जाहेर गरे ।

कर्माचार्यले आगलागि नियन्त्रणको लागि भित्री शहरमा पाईप लाइन बिस्तार गर्ने, फ्रि एम्बुलेन्स सेवाको व्यवस्था गर्ने, छुट्टै महानगरीय सार्वजनिक सवारीको व्यवस्था, ट्राफिक जामको यथोचित व्यवस्थापन गर्ने प्रतिवद्धता समेत समाधान पत्रमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?