+
+

तोलामा ७ सयले सस्तियो सुन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते १२:०३

२७ वैशाख, काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले सस्तो भएको छ ।
चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

सोमबार ९८ हजार ७ सय रुपैयाँ छापावल र ९८ हजार २ सय रुपैयाँमा तेजावी सुनको खरिद-बिक्री भएको थियो ।

चाँदीको मूल्य तोलामा १२सय ७५ रुपैयाँ तोकिएको छ । हिजो प्रतितोला १२ सय ८५ रुपैयाँमा चाँदीको खरिद-बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?