+
+

वीरगञ्जमा एमालेले भन्यो : मेयरका उम्मेदवार सरावगीमाथि दुर्व्यवहार भयो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते २०:०५
एमाले जिल्ला इन्चार्ज प्रभु हजारा ।

२७ वैशाख, वीरगञ्ज । नेकपा एमाले पर्साले वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार विजयकुमार सरावगीमाथि दुर्व्यवहार भएको भन्दै आपत्ति जनाएको छ ।

जिल्ला इन्चार्ज प्रभु हजराले मंगलबार विज्ञप्ति जारी गर्दै सरावगीमाथि जनता समाजवादी पार्टीका उम्मेदवार राजेशमान सिंहका कार्यकर्ताले आक्रमणको प्रयास गरेको बताएका छन् ।

सोमबार राति वीरगञ्जको नगवामा कांग्रेस नेतालाई भेट गर्न पुगेका सरावगीलाई जसपाका कार्यकर्ताहरुले घेरेका थिए । ‘निर्वाचनमा उम्मेदवारले मतदातालाई सन्तुष्ट पारेर उनीहरूको मत आफूलाई हाल्न आग्रह गर्ने कुराको ग्यारेन्टी संविधानले गरेको छ ।

तर, सरावगीले वडा नम्बर १६ स्थित नगवामा मतदातासँग भेट्न जाँदा राजेशमान सिंहका कार्यकर्ताले गुण्डागर्दी शैलीमा प्रदर्शन गरेको व्यवहारप्रति नेकपा एमाले पर्साको गम्भीर ध्यानाकर्षण भएको छ,’ एमालेले विज्ञप्तिमा भनेको छ ।

एमालेले निर्वाचनमा राजनीतिक दलहरु मतदाताको घरमा गएर निर्वाध रुपमा मत माग्न पाउने संवैधानिक अधिकारलाई कुण्ठित गर्ने प्रयास भएको पनि बताएको छ । ‘यसले राज्य शान्तिपूर्ण रुपमा निर्वाचन गर्न चाहदैन भन्ने कुरालाई बल पुर्‍याएको छ,’ हजाराले विज्ञप्तिमा भनिएका छन् ।

उम्मेदवारसँग गएका सहकर्मीलाई घेरा हालेर निर्घात रुपमा कुटपिट गर्नु, एमालेका उम्मेदवार सरावगीलाई अवरोध सिर्जना गरी घन्टौंसम्म घेराबन्दीमा राखेका कारण प्रहरीले उद्धार गरेर ज्यान जोगाउनुपरेको एमालेले बताएको छ । ‘यस्तो भययुक्त अवस्थामा शान्तिपूर्ण रुपमा मताधिकार कसरी प्रयोग हुन्छ ?’ भन्ने प्रश्न उठको बताएको छ ।

अराजक शैलीमा प्रस्तुत भएकाहरुले उन्मुक्ति पाउनु र त्यही वडाका नगर परिषद सदस्य सन्तोष गुप्तालाई प्रहरीले गैरकानूनी रुपमा गिरफ्तार गरी हिरासतमा राख्नुले सरकार पनि निष्पक्ष निर्वाचनको पक्षमा रहेकोमा आशंका उब्जिएको एमाले पर्सा इन्चार्ज हजरा बताउँछन् ।

शालीनतापूर्ण आग्रहलाई बेवास्ता गरे त्यसबाट निस्किने सबै परिणामको जिम्मेवारी स्थानीय प्रशासनले लिनुपर्ने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?