+
+

चुनावमा अन्तर्राष्ट्रिय हवाई यात्रु बोक्न काठमाडौंमा सटल बस सेवा, भाडा ३००

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते १७:३०

२७ वैशाख, काठमाडौं । बैशाख ३० का दिन हुने स्थानीय तहको निर्वाचनमा सार्वजनिक तथा निजी सवारी साधन बन्द हुनेछन् । आन्तरिक उडान समेत बन्द हुने यस दिन अन्तर्राष्ट्रिय उडान भने नियमित हुनेछन् ।

उनीहरुको सेवालाई ध्यानमा राखी काठमाडौंमा सःशुल्क सटल बस चलाइने भएको छ । नेपाल पर्यटन बोर्डले नेपाल पर्यटक यातायात व्यवसायीहरुसँगको समन्वयमा यस्तो सेवा सञ्चालन गरिने जनाएको छ ।

हवाई यात्रुलाई विमानस्थल र होटलबीच हुन सक्ने यातायातको असुविधालाई ध्यानमा राखी नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीको सहयोग र व्यवसायीको समन्वयमा यस्तो सुविधा दिन लागेको हो । बस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म चल्ने छ । यस्तो बसको शुल्क ३ सय रुपैयाँ तोकिएको छ ।

बोर्डका अनुसार एयरपोर्ट-एनएसी-होटल अन्नपूर्ण-होटल याक एण्ड यति-ठमेल  चोक-लैनचौर चोक-शंकर होटल -एम्बासडर होटल -एयरपोर्ट हुँदै एक रुट तोकिएको छ ।

एयरपोर्ट-होटल र्याडिशन-सांगि्रला होटल-नारायण गोपाल चोक-महाराजगंज चोक-हायात रिजेन्सी-चाबहिल चोक-होटल द्धारिका-एयरपोर्ट गुड्ने गरी अर्को रुट तय भएको छ ।

एयरपोर्ट- तीनकुने चोक-होटल एभरेष्ट-माइतीघर चोक-होटल हिमालयन-होटल सोल्टी-ग्रान्ड होटल -एयरपोर्ट रुटमा समेत बस चल्ने छ । सटल बस सेवावापत तोकिएको शुल्क लाग्ने सेवा दिंदाका बखतमा सम्बन्धित सेवादाताले नै लिने गरी तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?