+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कांग्रेस कार्यकर्तालाई ओलीको व्यंग्य : चुनावअघि रुख बोकेर हिँडयो, चुनावमा अन्तै भोट !

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते १८:२५

२७ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका कार्यकर्ता विचरा भएको टिप्पणी गरेका छन् ।

मंगलबार काठमाडौंको भृकुटीमण्डपमा नेकपा एमालेले  आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेस कार्यकर्तालाई भोट कुन चिह्नमा हाल्ने भन्ने समेत टुंगो नभएको बताए ।

‘नेपाली कांग्रेसका कार्यकर्ताहरूको विचरा के चर्चा गर्नु ?,’ उनले भने, ‘भरतपुरमा के मा भोट हाल्ने भन्यो भने वरतिर परतिर हेर्नुपर्छ, पोखरा जाँदा टुप्पो भाँचिएको कलममा भोट हाल्नुपर्छ, झापा जाँदा हलोमा हाल्नुपर्छ ।’

कांग्रेस कार्यकर्तालाई चुनाव नआउञ्जेल रुख बोकेर हिँड्नुपर्ने र चुनाव आएपछि अरू चुनाव चिह्नमा भोट हाल्नुपर्ने बाध्यता रहेको ओलीले बताए । ‘नेपाली कांग्रेसका साथीहरू कसरी मन थाम्नुभएको होला । चुनाव नआञ्जेल रुख बोकेर हिँड्ने, चुनाव आएपछि रुख छाड्ने’, उनले भने, ‘के बोकेर हिँड्ने पनि थाहा छैन ।’

उनले चितवनको भरतपुरमा कांग्रेसले निरन्तर माओवादीलाई भोट हाल्नुपरेको बताए । ‘पाँच वर्षअगाडि पनि अर्कैलाई भोट हाल्ने, पाँच वर्षपछि अहिले पनि अर्कैलाई भोट हाल्ने । जिताएन भने देशलाई दुर्घटनामा गुल्टाइदिने । जितायो भने खुसी हुने, उत्साहित हुने र १५–२० वर्ष गठबन्धन टिकाउने’, उनले भने, ‘अब उनैका साखा सन्तानलाई भोट हाल्नुपर्ने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?