+
+

उम्मेदवारको सवारी पास अब निर्वाचन अधिकृतकै कार्यालयबाट

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २८ गते ८:४५

२८ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनका उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिहरुले सम्बन्धित स्थानीय तह निर्वाचन अधिकृतको कार्यालयबाटै सवारी पास लिने व्यवस्था मिलाइएको छ ।

यसअघि सम्बन्धित स्थानीय तह निर्वाचन अधिकृतको कार्यालयको सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयबाट सवारी अनुमति पत्र जारी गर्ने कार्यविधि थियो ।

त्यसलाई संशोधन गरेर सम्बन्धित स्थानीय तहको निर्वाचन अधिकृतकै कार्यालयबाट सोझै सवारी पास लिने व्यवस्था मिलाइएको हो । जिल्ला प्रशासन कार्यालयबाट पहिले नै सवारी पास लिइसकेकाहरुको हकमा सोही पास मान्य हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए ।

सोही व्यवस्था अनुसार सवारी पास लिन जिल्ला प्रशासन कार्यालयहरुले सूचना जारी गरेका छन् ।

हेर्नुहोस् जिल्ला प्रशासन कार्यालय ललितपुरले जारी गरेको सूचना-

स्थानीय तह निर्वाचनको मतदानको दिन अर्थात् वैशाख ३० गते अरु दिनहरुमा जस्तो आफूखुसी सवारी साधन चलाउन पाइँदैन । निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त गाडीहरु मात्र गुडाउन पाइन्छ  ।

संवैधानिक आयोग, तिनका जिल्ला तथा प्रदेश कार्यालयका प्रतिनिधि, कूटनीतिक नियोग र नियोगबाट खटिने अवलोकनकर्ता, आयोगबाट आमन्त्रित अतिथि, राष्ट्रसंघीय नियोगका प्रतिनिधि, निर्वाचन आयोगले खटाएका अनुगमनकर्ता, साझेदार निकाय, अन्तर्राष्ट्रिय संघसंस्थालगायतले निर्वाचन आयोगबाट पास लिनुपर्छ ।

अन्य सरकारी कार्यालय र निजी कार्यालहरूलाई भने नियमन गर्ने निकायको सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध गराउँछ ।
मतदानको दिन दुई पांग्रे वा चार पांग्रे सवारी साधन प्रयोग गर्ने पत्रकारहरुले पनि सूचना विभागको सिफारिसको आधारमा निर्वाचन आयोगबाट पास लिनुपर्ने निर्वाचन

आयोगले जनाएको छ । टेलिभिजन, रेडियो, पत्रिका र अनलाइनका पत्रकारहरुका लागि छुट्टयाइएको कोटाको आधारमा सवारी पास पाउने छन् ।

सवारी पास उपलब्ध गराउनका लागि निर्वाचन आयोगको कार्यालयमा छुट्टै डेस्क नै खडा गरिएको छ ।

काठमाडौं उपत्यका बाहिरका सञ्चारमाध्यम र पत्रकारहरुले भने सूचना विभागबाट जारी पास वा पत्रकार महासंघ जिल्ला शाखाको सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयबाट पास लिन सक्ने छन् ।

तर त्यावश्यक सेवाका एम्बुलेन्स, खानेपानीका ट्यांकर, दमकल, दूरसञ्चार, शववाहन, अस्पताल, विद्युत् तथा नीलो नम्बर प्लेट प्रयोग भएको कूटनीतिज्ञहरुको गाडीहरुलाई भने सवारी पास लिनुपर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?