+
+

जेठमा ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २८ गते १६:१०

२८ वैशाख, काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि निक्षेपमा नयाँ ब्याजदर ११.०३ प्रतिशत नै दिने भद्र सहमति गरेका छन् । बैंकर्स संघको मंगलबार बसेको बैठकले चैत र वैशाखका लागि तोकिएको ब्याजदरलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही दिनअघि जेठमा ब्याजदर बढ्न सक्ने बताएका थिए । गभर्नर अधिकारीले सार्वजनिक मञ्चबाटै ब्याजदर बढ्न सक्ने बताए पनि बैंकर्स संघले भने स्थिर राख्ने निर्णय गरेको हो ।

बैंकहरुले हरेक महिना निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । पछिल्लो केही महिना यता लगानी योग्य रकमको अभाव हुँदा बैंकहरुले निक्षेपको ब्याजदर लगातार बढाउँदै आएका छन् । फागुन महिनामा सहज भए वैशाखका लागि ब्याजदर घटाउने बैंकर्सहरुको भनाइ थियो ।

तर तरलता समस्या थोरै मात्रामा भएपछि ब्याजदर स्थिर राख्ने बैंकहरुले भद्र सहमति गरेका हुन् । यस अघि फागुनमा नै ११.०३ प्रतिशत ब्याजदर तोकिएको थियो । यसलाई चैत र वैशाख महिनामा पनि बैंकहरुले निरन्तरता दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?