+
+

वर्षाका कारण हुम्लामा मतदान प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते ८:२८

३० वैशाख, हुम्ला । वर्षाका कारण  हुम्लाका तीन वटा मतदान केन्द्रमा मतदान प्रक्रिया सुरु हुन ढिलाइ भएको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएकाे छ ।

निर्वाचन कार्यालयका अनुसार वर्षाका कारण नाम्खा गाउँपालिकाकाे महाबाैद्ध मावि, धुमछुमी आधारभूत विद्यालय भुवा कलाश र स्वयम्भु आधारभूत विद्यालय बराई मतदान केन्द्रमा मतदान सुरु हुन नसकेको हो ।

चंखेली गाउँपालिका-५ काे डाँफे आधारभूत विद्यालय नेप्का र सर्केगाड गाउँपालिका- ८ काे अंशुवर्मा आधारभूत विद्यालय मतदान केन्द्रमा भने मतदान जारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?