+
+

बझाङको केदारसिंह गाउँपालिकामा तनाव, प्रहरीले गर्‍यो हवाइ फायर

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते ११:५४

३०, वैशाख, काठमाडौं । बझाङको केदारसिंह गाउँपालिका-४ जग्गनाथ माध्यामिक विद्यालयको मतदान केन्द्रमा तनाव भएको छ ।

फर्जी मत खसालेको भन्दै मतदान केन्द्रमा राजनीतिक दलका कार्यकर्ताहरू कुटपिटमा उत्रिएपछि प्रहरीले हवाई फायर गरेको छिमेकी निर्वाचन केन्द्रका मतदान अधिकृत हरी पंगेनीले जानकारी दिए ।

अहिले केन्द्रको मतदान स्थगित भएको छ । ‘राजनीतिक दलहरू कुटपिटमा उत्रिए पछि प्रहरीद्वारा हवाई फायर भएको छ, मतदान रोकिएको छ’ पंगेनीले भने ।

सर्वदलीय बैठक बसेर स्थिति सामान्य बनाएर निर्वाचन पुनः गराउने विषयमा अहिले छलफल भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?