+
+

बैतडीको सुर्नयामा मतदातामाथि कुटपिट, ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते १३:४३

३० वैशाख, बैतडी । बैतडीको सुर्नया गाउँपालिका–२ स्थित वासुदेव माध्यामिक विद्यालय लिस्किटामा रहेको मतदान केन्द्रमा मतदान गर्न गएका मोहनराम विकमाथि कुटपिट भएको छ ।

कुटपिटबाट उनको दायाँ खुट्टाको हड्डी खुस्किएको सुर्नया गाउँपालिकाका कार्यपालिका सदस्य एवं घाइतेका आफन्त प्रकाश लुहारले बताए । एमाले र राप्रपाका कार्यकर्ता मिलेर मोहनमाथि मतदान केन्द्रमै कुटपिट गरेको उनको भनाइ छ ।

मतदान केन्द्रमा गएका बेला आफूलाई लखेटर लात्तीले हानेको घाइते मोहन विकले बताए । उनको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।

स्थानीय एमालेका कार्यकर्ता बिक्रम बिष्ट, दिनेश बिष्ट, हरजित बिष्ट र संग्राम बिष्टलगायतले आफूमाथि कुटपिट गरेको विकले बताए ।

कुटपिटमा संलग्न विक्रम बिष्ट, हरजित बिष्ट, दिनेश बिष्ट र संग्राम बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?