+
+

स्याङ्जा जिप दुर्घटनामा मृत्यु हुने १४ जना एउटै वडाका

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते १३:२९

३० वैशाख, काठमाडौं । स्याङ्जामा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ, १२ जना घाइते भएका छन् । वालिङ नगरपालिका-४ सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप पञ्चमूल अर्खलबासस्थित भित्री सडक खण्डमा सडकबाट ५०० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेहरु वालिङ नगरपालिका- १४ पञ्चमुल अर्खलबासका रहेका छन् । स्थानीय ६३ वर्षकी माया पुन, ९ वर्षका प्रविण कुँवर, ५० वर्षका कुलदीप कुँवर, ५० वर्षकी डेम कुमारी कुँवर, ८६ की हरिकला कुँवर, ५० वर्षकी टेककला कुँवर, २५ वर्षकी जमुना कुँवर, ७० वर्षकी भीमकला कुँवरको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डीएसपी रवीन्द्र खनालले जानकारी दिए ।

मृत्यु हुने अन्यमा ७० वर्षकी मुवाकुमारी कुँवर, ४३ वर्षकी पोटकुमारी कुँवर, ४३ वर्षकी जानुका कुँवर, ४२ वर्षकी ज्ञान दली कुँवर, ५० वर्षकी मीना कुँवर र फूलदेवी कुँवर रहेका छन् ।

त्यस्तै चालक भुलबहादुर कुँवर पनि गम्भीर घाइते भएका छन् । स्थानीय बेलमाया कुँवर, गौतमी थापा, ज्ञानमाया कुँवर, सरस्वती कुँवर, कविता कुँवर, अनिष कुँवर, कुशल कुँवर, ज्यामकली कुँवर, कौशल कुँवर, सीता कुँवर पनि गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज पठाइएको डीएसपी खनालले जानकारी दिए ।

५५ वर्षका नेत्रबहादुर कुँवरको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । उनको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?