
३० वैशाख, बागलुङ । बागलुङ नगरपालिका–१ को रामरेखा आधारभुत विद्यालयको प्राङ्गणमा मतदान चलिरहेको छ । मतादन केन्द्र जाने देब्रे पट्टी स्थानीय सीता राना आफ्ना भाइ बहिनीसँगै बसेर खाजा बेचिरहेकी छन् ।
खाना खाएर परिवारका सबै सदस्यले मतदान गरेपछि चना, अण्डा, पानी र चिसो पेय पदार्थ लिएर बेच्न बसेकी उनको साँझ ५ बजे सम्म ४५ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरेकी छन् ।
कालिका मन्दिर प्रवेशद्वार नजिक सीताका बाबा आमाको नास्ताघर छ । निर्वाचनको दिन उनीहरुले नास्ताघर बन्द गरेका छन् ।
तर, भोट राख्न आउनेहरुलाई खाजा, पानी र चिसो बेच्न सके महिना दिन दुख गर्दा नास्ताघरमा हुने आम्दानी एक दिनमै गर्न सकिने अनुमान गरेर खाजा बेच्न थालेको सीताले बताइन् ।
बाबाले नास्ताघरमै चना अण्डा पकाएर मतदान केन्द्रसम्म ल्याइदिएको र आमा, बहिनी र भाइसँग मिलेर आफुले बेचिरहेको सीताले बताइन् ।
प्रतिक्रिया 4