+
+

हेलिकप्टर आउन नसकेपछि जोशीलाई पोखरा लगियो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते १८:४२

३० वैशाख, तनहुँ । तनहुँको व्यास नगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार दीपकराज जोशीलाई थप उपचारका लागि पोखरा लगिएको छ ।

दमौली अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि पोखरा लगिएको हो ।

यसअघि हेलिकप्टरबाट काठमाडौं लैजाने भने पनि खराब मौसमका कारण हेलिकप्टर आउन नसकेपछि जोशीलाई सडक मार्ग हुँदै पोखरा लगिएको हो ।

ब्यास नगरपालिका-८ मा मतदान केन्द्र निरीक्षण गर्न पुगेका उनीमाथि आक्रमण भएको थियो । उनले नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेको आरोप लगाएका छन् ।

कांग्रेसले भने जोशीले मतपत्र च्यातेपछि स्थानीय बासिन्दाले नै आक्रमण गरेको बताएको छ । कुटपिटबाट जोशीको टाउकोमा चोट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?