+
+

बुटवल उपमहानगरमा कांग्रेसको सुरुआती अग्रता, राप्रपा दोस्रो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते ६:५१

३१ वैशाख, बुटवल । बुटवल उपमहानगरपालिकामा ३०० मत गणना हुँदा मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

सार्वजनिक गरिएको मत गणना अनुसार मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले १३० मत ल्याएर अग्रता लिएका छन् ।

अहिलेसम्मको परिणाम अनुसार राप्रपा दोस्रो स्थानमा छ । राप्रपाका मृगेन्द्रकुमार शेरचनले ६६ मत ल्याएका छन् । तेस्रो स्थानमा एमाले रहेको छ । एमालेका बाबुराम भट्टराईले ४५ मत पाएका छन् ।

अहिले वडानम्बर १ बाट मतगणना सुरु भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?