+
+

बझाङका चार स्थानीय तहमा तत्काल मतगणना नहुने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते ७:३७

३१ वैशाख, बझाङ । बझाङका चार स्थानीय तहमा तत्काल मतगणना नहुने भएको छ । जयपृथ्वी नगरपालिका, छबिसपाथिभेरा गाउँपालिका, सुर्मा गाउँपालिका र केदारस्युँ गाउँपालिकामा विवादले मतदान स्थगित भएकाले पुनः मतदान भएपछि मात्रै मतगणना हुने भएको हो ।

छबिसपाथिभेरा गाउँपालिकाको वडा नम्बर ६ नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारलाई कुटपिट गरेर एकलौटी मतदान गरेको भन्दै नेकपा एमाले पुनः मतदान गर्न माग गरेको छ । त्यहाँ मतगणना हुन नसकेको छबिसपाथिभेरा १ वडाध्यक्ष नैन बोहराले बताए ।

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ सुवेडास्थित सुनिपिपल मावि मतदानस्थलमा नेकपा माओवादीका एजेन्टले मतपेटी कब्जा गर्न खोजेपछि उत्पन्न झडपले अर्को सूचना जारी नभएसम्मका लागि भन्दै मतदान स्थगन भएको सूचना टाँस भएकाले यहाँ पनि मतगणना हुन नसकेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अवस्थीले बताए ।

यस्तै केदारस्युँ ४ स्थित जगन्नाथ माविमा स्वतन्त्र उम्मेदवारका आफन्तले फर्जी मत खसालेको भन्दै उत्पन्न विवादले त्यहाँ पनि पुनः मतदान हुने भएको छ ।

यता सुर्मा गाउँपालिका २ को आधाबगर मावि मतदानस्थल र ३ को कृष्ण मावि काटैमा नेकपा एमाले र नेपाली कांग्रेसबीचको झडपले मतदान स्थगित भइ पुनः मतदान गरेपछि मात्रै मतगणना गरिने नेकपा एमालेका गाउँपालिका उपाध्यक्ष उम्मेदवार माता बोहराले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?