+
+

चितवनको माडीमा एमालेले बढायो अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १२:०३

३१ वैशाख, चितवन । चितवनको माडी नगरपालिकामा एमालेले अग्रता बढाएको छ । माडी नगरपालिका वडा नं. १ को ८०० मत गणना गर्दा मेयर पदमा नेकपा एमालेले अग्रता लिएको छ ।

एमालेकी मेयर उम्मेदवार ताराकुमारी काजी महतोले ३६५ मत ल्याएकी छन् । नेकपा माओवादी केन्द्रका मेयरका  उम्मेदवार ऋषि काफ्लेले ३१२ मत ल्याएका छन् ।

उपमेयरमा सत्ता गठवन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार खेम महतोले ३१८ मत ल्याएका छन् । स्वतन्त्रबाट उम्मेदवार बनेका कृष्ण पौडेलले २३० मत ल्याए भने, एमाले-राप्रपा तालमेलबाट उपमेयर उठेका राप्रपाका मदन पौडेलले ९२ मत ल्याएका छन् ।

वडाध्यक्षमा राप्रपाका अमित लामाले ३५७ र कांग्रेसका जीवन महतोले २७१ मत ल्याएका छन् ।

वडा नं. १ मा ३११२ मत खसेको छ । अघिल्लो चुनावमा माडी १ बाट कांग्रेसका कृष्ण पौडेल विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?