+
+

रुकुम पश्चिमको सानीभेरी–२ मा पनि माओवादीको प्यानल निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १३:२२

३१ वैशाख, रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर २ मा पनि माओवादी केन्द्रको प्यानल विजयी भएको छ । यो वडाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका मानबहादुर पुन विजयी भएका छन् । उनले ४ सय ८२ मत पाए ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका दिनेश विकले २ सय २१ मत पाए । वडा सदस्यहरुमा पनि माओवादी केन्द्रका गंगादेवी पुन, आशा दमाई, तिखे पुन र धने कामी विजयी भएका छन् ।

वडा नम्बर १ मा पनि माओवादी केन्द्रका टेकबहादुर पुनको प्यानलै विजयी भएको थियो ।

वडा नम्बर २ को मत गणना सकिदासम्म गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा माओवादी केन्द्रका उम्मेदवारले फराकिलो मतान्तरसहित अग्रता लिएका छन् । अध्यक्षमा माओवादी केन्द्रका बिर्खबहादुर विष्टले १ हजार ३२ मत ल्याएर अग्रता कायम गर्दा नेपाली कांग्रेस–एमाले गठबन्धनबाट कांग्रेसका उम्मेदवार गोरखप्रसाद चन्दले ४ सय ८२ मत पाएका छन् ।

उपाध्यक्षमा माओवादी केन्द्रकी कमला रोकाले १ हजार ३५ मत पाउँदा कांग्रेस–एमाले गठबन्धनबाट एमालेका प्रकाश खड्काले ३ सय ७ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?