+
+

धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको सुरुवाती अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १४:०६
फाइल तस्वीर

३१ वैशाख, काठमाडौं । धरान उपमहानगरपालिका-१ को १०० मत गणना हुँदा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिएका छन् ।

साम्पाङले ३३, गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले ३१, एमालेकी मञ्जु भण्डारीले १६ र राप्रपाका नरेश शाक्यले ३ मत पाएका छन् ।

यसैगरी उपमेयरमा माओवादी केन्द्रका आईन्द्रविक्रम बेघाले ३३, एमालेका पदम लिम्बुले १८  मत प्राप्त गरेका छन् ।

यसैगरी धरान-२ मा १०० मत गन्दा मञ्जु भण्डारीले २०, किशोर राईले ४०, हर्क साम्पाङले २५ र नरेश शाक्यले ५ मत प्राप्त गरेका छन् । उपमेयरमा आइन्द्रविक्रम बेघाले ४३,  पदम इस्बोले २६ र राप्रपाले ३ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?