+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

बुटवलमा कांग्रेसले मतान्तर बढायो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १५:१४

३१ वैशाख, काठमाडौं । बुटवल उपमहानगरमा कांग्रेसका मेयरका उम्मेदवार खेलराज पाण्डेले मतान्तर थप फराकिलो बनाएका छन् ।

१४ सय मतगणना हुँदा कांग्रेसका मेयर उम्मेदवार पाण्डेले ६०३ मत प्राप्त गरेका छन् । राप्रपाका मेयर उम्मेदवार मृगेन्द्र शेरचनले दोस्रो स्थानको मत ल्याएका छन् । उनले ३०२ मत प्राप्त गरेका छन् । एमालेका मेयर उम्मेदवार बाबुराम भट्टराई २३९ मतसहित तेस्रो स्थानमा छन् ।

उपमेयरमा भने राप्रपा उम्मेदवार भगवती पाण्डेले अरुलाई पछि पारेकी छन् । पाण्डेले ३१९ मत ल्याउँदा एमालेबाट उपमेयर उम्मेदवार बनेकी सावित्रा अर्यालले २९४ मत ल्याएकी छन् ।

सत्ता गठबन्धनबाट उपमेयरको उम्मेदवार बनेका चिनबहादुर गुरूङले २४३ मत ल्याएका छन् । गुरुङ एकीकृत समाजवादीका उम्मेदवार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?