+
+

बर्दियाको गुलरिया–१ मा कांग्रेसका उम्मेदवार विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १७:३०

३१ वैशाख, गुलरिया । बर्दियाको गुलरिया नगरपालिका वडा नं. १ मा नेपाली कांग्रेसका जोगीराम थारु नेतृत्वको प्यानल नै विजयी भएको छ । केहीबेर अघि सम्पन्न मत गणनाअनुसार नेपाली कांग्रेसका जोगीराम थारुले १३३९ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामसुमरिन यादवले १००४ मत प्राप्त गरेका छन् । यसअघि सो वडामा नेकपा एमालेले जितेको थियो ।

यस्तै बारबर्दिया नगरपालिका वडा नं. १ मा पनि नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार कैलाशपति थारु विजयी भएका छन् । उनले १०६५ मत प्राप्त गर्दा नेकपा एमालेका खिमानन्द पाठकले ९६४ मत प्राप्त गरे । यसअघि सो वडामा नेकपा माओवादी केन्द्रले जितेको थियो ।

यस्तै गेरुवा गाउँपालिका वडा नं. ६ मा नेपाली कांग्रेसका कृष्णगोपाल चौधरी विजयी भएका छन् ।

बाँसगढी नगरपालिका वडा नं. १ मा नेकपा माओवादी केन्द्रबाट जयराज पाण्डे विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?