+
+

धनुषाको जनकनन्दनी-१ मा एकीकृत समाजवादीको प्यानल नै विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १७:५३

३१ वैशाख, जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिका-१ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका सन्तोष कुमार गोइत प्यानलसहित निर्वाचित भएका छन् ।

गोइतले ४१२ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका देवनाथ मैरता यादवले ३२४ मत ल्याएको निर्वाचन अधिकृत ठूलोबाबु दाहालले जानकारी दिए ।

सदस्यमा सोही पार्टीका मोहन यादव र रामप्रगास हलुवाई, महिला सदस्यमा सिमलादेवी माझी र दलित महिला सदस्यमा अरहुला देवी निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?