+
+

दाङको राजपुरमा माओवादी केन्द्रको अग्रता कायमै

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १९:४६

३१ वैशाख, दाङ ।  दाङको राजपुर गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवारको अग्रता कायमै छ ।

३ हजा ५०० मत गणना हुँदा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार चक्रबहादुर खड्का (शिखर)ले १ हजार २९९ मत प्राप्त गरेका छन् । उनी निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार शरदकुमार बुढाथोकी भन्दा ३०६ मतले अगाडि छन् ।

बुढाथोकीले ९९३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार कुलराज गिरीले ८८५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट पुष्पा यादव अगाडि छिन् । उनले १ हजार ३१३ मत प्राप्त गरेकी छन् भने कांग्रेसकी उम्मेदवार धनपतिदेवी यादवले १ हजार २० मत प्राप्त गरेकी छन् । एमालेबाट उपाध्यक्ष पदका उम्मेदवार सीता यादवले ८४५ मत प्राप्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?