+
+

पोखरा महानगरमा धनराजको अग्रता कायमै

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते ७:१०

१ जेठ, कास्की । पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् ।

१ हजार ६०० मत गणना हुँदा आचार्य एमालेका उम्मेदवार कृष्ण थापाभन्दा ३० मत अन्तरले अगाडि छन् । आचार्यले ६१३ मत पाउँदा थापाले ५८३ मत पाएका छन् ।
राप्रपाका शंकर खरालले ९८ र गनेस पौडेलले ३६ मत पाएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटको अग्रता कायमै छ । रानाभाटले ७१६ मत पाउँदा एमालेकी उम्मेदवार मञ्जु गुरुङले ५८३ मत पाएकी छन् ।
राप्रपाकी उम्मेदवार रञ्जिता सेनको पक्षमा ८२ मत परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?