+
+

दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा माओवादीका छवि सुवेदी विजयी

तीर्थ भण्डारी तीर्थ भण्डारी
२०७९ जेठ १ गते ८:२१

१ जेठ,  दैलेख । दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका डाक्टर छवि सुवेदी ३२०० मत ल्याए अध्यक्षमा निर्वाचित भएका हुन् ।

सुवेदीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भले बुढामगरले २५४४ मत ल्याएका छन् भने तेस्रो भएका नेकपा एमालेका शसिराम विश्वकर्माले १९२० मत पाए ।

दैलेख माओवादीको  कर्णाली प्रदेशकै कमजोर जिल्लाका रुपमा चिनिन्छ । स्थानीय तहको अघिल्लो निर्वाचनमा माओवादी दैलेखमा शून्य थियो ।

यस्तै,  गाउँपालिकाको उपाध्यक्षमा एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी भएका छन् । उनले २८४३ मत पाए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी अमृता सिंहले २४०५ मत ल्याइन् । तेस्रो भएकी एमालेकी गीत चन्दले १९१८ मत पाइन् ।

नौमुलेमा माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो ।

अध्यक्ष सुवेदी उपाध्यक्ष गंगबहादुर शाहीको साथमा ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?