+
+

चितवनको माडी–१ को वडाध्यक्षमा राप्रपा विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते ७:३५

१ जेठ, चितवन । चितवनको माडी नगरपालिका वडा नं. १ को वडाध्यक्षमा राप्रपाका युवा नेता अमित लामा निर्वाचित भएका छन् ।

आइतबार बिहान सकिएको मतगणनामा लामाले १ हजार ४३३ मत पाउँदै वडाध्यक्ष जिते । उनी यसअघि सोही वडाको वडा सदस्य थिए ।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जीवन चौधरी गुरौले ९४३ मत ल्याए । एमाले उम्मेदवार टिकाराम सुवेदीले १२६ मत पाए ।

सो वडामा महिला सदस्यमा राप्रपाबाटै अप्सरा सुवेदी, दलित महिला सदस्यमा गुना धमला लोहार र खुल्ला सदस्यमा नेपाली कांग्रेसका जय नारायण लामिछाने र राप्रपाका दिपेन्द्र महतो निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?