+
+

कांग्रेसको उपमेयरको उम्मेदवार नभएको ललितपुरमा रुखलाई दोस्रो स्थानको मत

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १०:२५

१ जेठ, काठमाडौं । ललितपुर महानगरमा उपमेयरमा रुख चिह्नमा समेत मत परेको छ । सत्ता गठबन्धनले तालमेल गरेको उक्त महानगरमा कांग्रेसको मेयर र माओवादी केन्द्रको उपमेयरको उम्मेदवार छन् ।

कांग्रेसले उपमेयर नउठाएको उक्त महानगरमा कांग्रेसको रुख चिह्नमा ३११ मत खसेको छ । जबकी, गठबन्धनबाट उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार बाबुराज बज्राचार्यले १६७ मत पाएका छन् ।

मेयरमा उम्मेदवारी नदिएको माओवादी केन्द्रको हँसिया हथौडा चुनाव चिह्मा १० मत परेको छ ।

उपमेयरमा एमालेका उम्मेदवारले पहिलो स्थानको मत पाएका छन् । एमाले उम्मेदवार मञ्जली शाक्य बज्राचार्यले उपमेयरमा ४२० मत ल्याएकी छन् ।

ललितपुरमा कांग्रेसका मेयर चिरिबाबु महर्जन फराकिलो अन्तरले अघि छन् । उनले ८७७ मत ल्याउँदा एमालेका उम्मेदवारले ४०२ मत पाएका छन् । एमालेबाट हरिकृष्ण व्यञ्जनकार मेयरको उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?