+
+

वडामै एमाले हारेपछि गाउँपालिका कमिटी अध्यक्षले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १०:५१

१ खोटाङ,  जेठ । निर्वाचन परिणामलाई लिएर खोटाङको दिप्रुङ चुइचम्पा गाउँपालिकामा एमालेका गाउँपालिका कमिटी अध्यक्ष कृष्ण कार्कीले राजीनामा दिएका छन् ।

आफ्नो वडा दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँमा एमालेका सबै उम्मेदवार पराजित भएपछि पालिका कमिटी अध्यक्ष कार्कीले विज्ञप्ति जारी गरी नैतिकताको आधारमा पदबाट राजीनामा दिएको जनाएका छन् ।

कार्की ३४ वर्षदेखि एमालेको राजीनीतिमा क्रियाशील छन् । सो वडाको वडाध्यक्षमा कांग्रेसका बद्री कट्वाल निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?