+
+

भरतपुर महानगरमा रेनु दाहालसँगको मतान्तर घटाउँदै सुवेदी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १२:१९

१ जेठ, चितवन । भरतपुर महानगरपालिकाको निर्वाचनमा नेकपा एमालेबाट मेयर उम्मेदवार विजय सुवेदीले रेनु दाहालसँगको मतान्तरलाई घटाउँदै लगेका छन् । वडा नम्बर २ को मतगणना जारी रहेको बेला दाहाल र सुवेदीबीचको मतान्तर कम हुँदै गएको छ ।

वडा नम्बर १ बाट १२१ को अग्रतासहित वडा नम्बर २ आएकी दाहाल र सुवेदीबीचको मतान्तर घटेर ७४ मा पुगेको छ । वडा नम्बर १ बाट दाहालले १ हजार २०८ मत र विजयले १ हजार ८७ मत पाएका थिए ।

वडा नम्बर २ को ८०० मत गणना हुँदा दाहालले १ हजार ४८४ मत र सुवेदीले १ हजार ४१० मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४९७ मत पाएका छन् ।

वडाध्यक्षमा एमाले उम्मेदवार कृष्ण केसीले ३४८ मतका साथ अग्रता लिएका छन् । कांग्रेसका मनोज रानभाटले ३३७ मत ल्याएका छन् । यसअघि भएको निर्वाचनमा एमालेले वडा नम्बर २ जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?