+
+

तमानखोलाको अध्यक्षमा कांग्रेसका जोकलाल बुढा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १३:२१

१ जेठ, बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जोकलाल बुढा निर्वाचित भएका छन् । २ हजार ७०७ मत ल्याएर बुढा पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।

बुढा २०७४ सालको निर्वाचनबाट पनि अध्यक्षमा निर्वाचित भएका थिए । जिल्लाका अरु स्थानीय तहमा सत्तारुढ दलबीच तालमेल भए पनि तमानखोलामा भने कांग्रेस- माओवादी प्रतिस्पर्धामा थिए ।

अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेद्वार देवबहादुर पुनले एक हजार ९९५ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार देवेन्द्र छन्त्यालले ३९२ मत पाएका छन् ।

गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसकी हिरा कुमारी छन्त्याल दुई हजार ७१९ मत ल्याएर निर्वाचित भएकी छन् ।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी निसु रसाइलीले १ हजार ९५८ मत प्राप्त गरेकी छिन् ।

वडाध्यक्षमा वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका थमबहादुर रोका, वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका नारायण सुनार, वडा नम्बर ३ मा नेपाली काँग्रेसका झकबहादुर बुढा निर्वाचित भएका छन् ।

त्यस्तै वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रका छवि श्रीपाली, वडा नम्बर ५ मा नेपाली कांग्रेसका हिराबहादुर श्रीपाली र वडा नम्बर ६ मा नेपाली कांग्रेसकै चित्र छन्त्याल निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?