+
+

सुनसरीको बराहक्षेत्र नगरपालिकामा मतगणना अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १४:४४

१ जेठ, काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकामा मतगणना रोकिएको छ । निर्वाचन अधिकृत रमेश श्रेष्ठका अनुसार मतगणनाका क्रममा केही असमझदारी भएपछि मतगणना स्थगित भएको हो ।

उम्मेदवार नै नरहेको हसियाँ हथौडा चुनाव चिन्हमा मतदाताले स्वस्तिक छाप लगाएको मतलाई कांग्रेस उम्मेदवारले पाएको मतका रुपमा गणना गर्न माग भएपछि विवाद भएको हो । निर्वाचन अधिकृत श्रेष्ठका अनुसार सर्वपक्षीय बैठक बसेर मतगणना सुरु गर्ने प्रयास भइरहेको छ ।

बराहक्षेत्रमा गठबन्धन दलका तर्फबाट मेयरमा कांग्रेसका रमेश कार्की उम्मेदवार छन् भने उपमेयर पदमा माओवादी केन्द्रका अमित गौतम उम्मेदवार छन् ।

एमाले उम्मेदवार नीलम खनालले ६७८ मत ल्याउँदा कांग्रेसका रमेश कार्कीले ५७२ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?