 
																						१ जेठ, उदययपुर । उदयपुरको कटारी नगरपालिका ७ सोरुङछविसेस्थित कालिका मावि मतदान केन्द्रबाट आजमात्र मतपेटिका उठाइएको छ ।
गत शुक्रबार मतदान सम्पन्न भएपछि मतपेटिका उठाउने क्रममा स्थिति तनावपूर्ण भएपछि प्रहरीले चलाएको गोली लागेर स्थानीय एक युवकको मृत्यु भएको थियो ।
प्रहरीको गोली लागेर मृत्यु भएकाको युवकका परिवारसँग ७ बुँदे सहमति भएपछि
मृतकलाई क्षतिपूर्ती लगायतका ७ वुद्धे सहमति भएपछि उदयपुरको कटारी नगरपालिका– १० सोरुङछविसे स्थित कालिका माध्यामिक विद्यालय मतदान केन्द्रको मतपेटीका कटारी ल्याईदै छ ।
शुक्रबार प्रहरीले गोली चलाउँदा १९ वर्षीय नवीन भनिने विरबहादुर कटुवालकाको मृत्यु भएपछि स्थानीयले मतपेटिका उठाउन दिएका थिएनन् ।
आज बिहान प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव सहित जिल्ला सुरक्षा समितिका सदस्य, राजनैतिक दलका प्रतिनिधि, विभिन्न पार्टीका उम्मेदवार सहित मृतकका परिवारसँग ७ बुँदे सहमति भएपछि स्थानीयले आज मतपेटीका उठाउन दिएका हुन् । प्रमुख जिल्ला अधिकारीले युवकको शव पनि पोष्टमार्टमका लागि कटारी ल्याइँदै गरेको जानकारी दिए ।
स्थानीयले मृतककलाई शहिद घोषणा गर्नुपर्ने, परिवारका सदस्यलाई उचित क्षतिपूर्ति दिनुपर्ने, मृतकको नाममा स्मारक बनाउनु पर्ने, मृतकका परिवारका एक सदस्यलाई नगरपालिकामा रोजगारीको व्यवस्था हुनुपर्ने लगायतका माग राख्दै मतपेटिका कटारी नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन दिएका थिएनन् ।
स्थानीयको माग सम्बोधन गर्ने प्रतिबद्धतापछि मतपेटिका उठाइएको प्रजिअ यादवले बताए । ‘अब मतपेटिका कटारी लगिदैछ, शव पनि पोष्टमार्टमका लागि कटारी अस्पताल नै लगिने छ,’ उनले भने ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4