१ जेठ, गोरखा । अजिरकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष माओवादी केन्द्रले जितेको छ । अध्यक्षमा दिपक देवकोटा र उपाध्यक्षमा अनिता भुजेल निर्वाचित भएका हुन् ।
देवकोटाले ३ हजार ७८७ मत ल्याएको निर्वाचन अधिकृत कमलराज भण्डारीले बताए । उनका प्रत्यासी उम्मेदवार नेपाली कांग्रेसका गोविन्द गुरुङले ३ हजार २८९ मत ल्याएका छन् ।
उपाध्यक्षमा बिजयी बनेकी भुजेलले ३ हजार ५३२ मत ल्याएकी छन् । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी उम्मेदवार इन्द्र गुरुङले ३ हजार ३६१ मत ल्याएकी छन् ।
कुल पाँच वटा वडा रहेको उक्त पालिकामा तीन वटा माओवादी केन्द्रले र बाँकी दुई वटा कांग्रेसले जितेको हो । वडा नम्वर १,२,३ मा माओवादी केन्द्र र ४, ५ मा कांग्रेस बिजयी भएको निर्वाचन अधिकृत भण्डारीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4