+
+

माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा कांग्रेसका मिन निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते ०:४२

२ जेठ, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस विजयी भएको छ । आइतबार मध्यराति सकिएको मतगणनाको अन्तिम नतिजाअनुसार पालिका अध्यक्षमा कांग्रेसका मिनबहादुर गुरुङ र उपाध्यक्षमा सीता अधिकारी विजयी भएका हुन् ।

मिनबहादुरले नेकपा एमालेका विक्रम गुरुङलाई ४८२ मतान्तरसहित पराजित गरेका हुन् । मिनबहादुरले ७ हजार ९९ मत ल्याउँदा विक्रमले ६ हजार ६१७ मत पाए ।

उपाध्यक्षमा कांग्रेसकै सीता अधिकारीले ६ हजार ३७६ मतसहित विजयी भएकी छन् । उनका निकटम् प्रतिद्वन्द्वी नेकपा एमालेकी सीता तिवारीले ५ हजार ९५१ मत ल्याएकी छन् । नेकपा माओवादी केन्द्रकी प्रविणा अधिकारीले ९ सय ७३ मत ल्याएकी छन् ।

सहायक निर्वाचन अधिकृत विष्णुप्रसाद पोखरेलका अनुसार माछापुच्छ्रेको ९ वटा वडामध्ये १, २, ३, ४, ५, ८ र ९ वडामा नेपाली कांग्रेस, ६ मा एमाले र ७ मा नेकपा माओवादी र वडा नम्बर ६ नेकपा एमालेले वडाध्यक्ष जित निकालेको छ ।

अन्तिम मत परिणामअनुसार माछापुच्छ्रे वडा नम्बर १ मा इन्द्र गुरुङ, २ मा गणेश आचार्य, ३ मा हरिश्चन्द्र लम्साल, ४ मा मधुसुधन अधिकारी र ५ मा नारायण पौडेल, ८ मा राम गुरुङ र वडा नम्बर ९ मा हरिबहादुर क्षेत्री नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष पदमा विजयी भएका छन् । त्यस्तै, वडा नम्बर ६ मा नेकपा एमालेका टेकनाथ गौतम र वडा ७ मा नेकपा माओवादीका बैकुण्ठप्रसाद भण्डारी विजय भएको पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?