+
+

तानसेनको मेयरमा कांग्रेसलाई ११ सय मतको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते ११:२८

२ जेठ, पाल्पा । पाल्पाको तानसेन नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोषलाल श्रेष्ठले अग्रता लिइरहेका छन् । अहिले भइरहेको सातवटा वडाको मत गणनामा उनी नेकपा एमालेका उम्मेदवारभन्दा ११ सयभन्दा बढी मतले अगाडि छन् ।

श्रेष्ठले ६ हजार १७६ मत प्राप्त गर्दा एमालेका धनेन्द्रराज घिमिरेले  ५ हजार ६१ मत प्राप्त गरेका छन् । श्रेष्ठ गठबन्धनतर्फका उम्मेदवार हुन् ।

उपमेयरमा पनि गठबन्धनले अग्रता लिएको छ । मुख्य निर्वाचन कार्यालय तानसेनका अनुसार गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी प्रतीक्षा सिंजालीले ५ हजार ९५३ मत पाएकी छन् भने एमालेकी शशी श्रेष्ठले ४ हजार ४८४ मत ल्याएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?