+
+

रुकुमको सानीभेरीमा कांग्रेस–एमाले गठबन्धनलाई माओवादीले हरायो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १३:३४

२ जेठ, रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन तोड्दै नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु निर्वाचित भएका छन् । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा पद माओवादी केन्द्रले जितेको हो ।

अध्यक्षमा विर्खबहादुर विष्ट र उपाध्यक्षमा कमला रोका निर्वाचित भएका छन् ।

विष्टले नेपाली कांग्रेसका उम्मेदवार गोरख प्रसाद चन्दलाई १ हजार ६९९ मत अन्तरले पराजित गरेका छन् । विष्टले ६ हजार १९ मत प्राप्त गर्दा चन्दले ४ हजार ३२० मत ल्याए ।

त्यस्तै उपाध्यक्ष पदमा माओवादी केन्द्रकी कमला रोका २ हजार ५ सय ३८ मतान्तरले विजयी भएकी छन् । रोकाले ५ हजार ९ सय ५८ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका प्रकाश खड्काले ३ हजार ४ सय २० मत पाए ।

गाउँपालिकाका कूल ११ वडामध्य ९ वडामा नेकपा माओवादी केन्द्र विजयी भएको छ भने २ वटा वडामा नेपाली कांग्रेसले जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?