+
+

भरतपुर अपडेट : विजय सुवेदी ७ मत अन्तरले अगाडि

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १२:४३

२ जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेका विजय सुवेदीले अग्रता कायमै राखेका छन् । वडा नम्बर ४ को मतगणना जारी रहँदा एमालेका मेयर उम्मेदवार सुवेदी ७ मत अन्तरले अगाडि छन् ।

पछिल्लो परिणाम अनुसार सुवेदीले ४ हजार १४८ मत पाउँदा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले ४ हजार १४१ मत पाएका छन् ।

नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ७२१ मत पाएका छन् ।

उमपेयर तर्फ नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ४ हजार ६७१ मत पाएका छन् । यसैगरी राप्रपाकी उम्मेदवार हिमला गुरुङले ३ हजार ५५८ मत पाएकी छन् ।

भरतपुर महानगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तथा नेकपा एमाले र राप्रपाले चुनावी तालमेल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?